महेन्द्र यादव भए, खानेपानी तथा सरसफाइमन्त्री

काठमाडौ, दिक्पाल गिरी : खानेपानी तथा सरसफाइमन्त्रीमा महेन्द्र यादव नियुक्त हुनुभएको छ । सपथ ग्रहणको केहीबेरअघि सम्म मन्त्रीको सूचीमै नरहेका यादवलाई अर्जुन जोशीको नाम हटाएर खानेपानी तथा सरसफाइमन्त्री बनाइएको हो ।  

महेन्द्र यादव २०३५ साल देखि राजनीतिमा सक्रिय हुनुहुन्छ । २०४६ सालको जनआन्दोलनमा उहाँले धनुषामा प्रजातन्त्र पुनःस्थापना गर्न संघर्ष गर्नुभएको थियो भने राजाको निरकुंश शासन विरुद्ध काठमाडौमा आएर संघर्ष गर्नुभयो ।

बालकृष्ण खाँड तरुण दलको अध्यक्ष हुँदा उपाध्यक्ष रहेका यादव कांग्रेस विभाजनपछि नेपाली काङ्ग्रेस प्रजातान्त्रिकको तरुण दलको अध्यक्ष हुनुहुन्थ्यो । पार्टी एक भएपछि पनि उहाँले तरुण दलको नेतृत्व सम्हाल्नुभयो । त्यसअघि उहाँ नेविसंघको उपाध्यक्ष पनि हुनुभएको थियो ।

एक श्रीमती र दुई छोराका पिता यादव मधेसी कोटाबाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको हो । यादवले अहिलेसम्म संसदीय र स्थानीय चुनावमा प्रत्यक्ष रुपमा भाग लिनुभएको छैन ।
यादवले विज्ञान विषयमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गर्नुभएको छ ।

अन्तिम समयमा आएर मन्त्रीको सूचीमै नरहेका यादव खानेपानी तथा सरसफाइमन्त्री बन्नेपछि विमलेन्द्र निधीका कारण यादवको भाग्य चम्किएको चर्चा चल्न थालेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार