नुवाकोट : नुवाकोटलाई असोज भित्रै खुला दिसामुक्त जिल्ला घोषणा गर्न असोज ११ गतेसम्ममा नुवाकोटका सबै गाउँपालिका र नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिसक्ने भएको छ नुवाकोटका वास एजेन्सीहरुले संयुक्त रुपमा कार्य योजना बनाई गाउँपालिका तथा नगरपालिकालाई खुला दिसामुक्त गर्ने समय तोकेको हो ।
दश गाउँपलिका र दुई नगरपालिका रहेको नुवाकोटको अहिलेसम्म दुप्चेश्वर गाउँपालिका मात्र खुला दिसामुक्त घोषणा भएको छ । दुप्चेश्वरलाई यही असार १६ गते खुला दिसामुक्त घोषणा गरिएको हो । खुला दिसामुक्त घोषणा गर्ने क्रममा विशेष ठाउँमा थप सहयोगको आवश्यकता परेमासंयुक्त सहयोग गर्न सबै एजेन्सी प्रतिबद्ध भएका छन् ।
कुन गाउँपालिका कहिले खुलादिसामुक्त हुदैछन् ?
नुवाकोटका गाउँपालिकाहरुको अहिलेसम्मको प्रगतिको समीक्षा गरी सोही अनुसार खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम समेत तय गरिएको छ । नुवाकोट जिल्लाका वास एजेन्सीहरुले तयार पारेको कार्ययोजना अनुसार भदौमा मात्र ५ वटा गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गरिनेछ ।
भदौ १ गते मेघाङ गाउँपालिकालाई भदौ १ गते, किस्पाङलाई भदौ २ गते, शिवपुरीलाई ३ गते, बेलकोटगढी नगरपालिकालाई भदौ ४ गते र लिखुलाई भदौ ५ गते र सूर्यगढी गाउँपालिकालाई भदौ ७ गते खुला दिसामुक्त घोषणा गर्ने तय गरिएको छ ।
यस्तै असोज ६ गते टाँडी, असोज ८ गते तारकेश्वर, असोज ९ गते विदुर नगरपालिका, असोज १० गते पञ्चकन्या र ११ गते ककनीलाई खुला दिसामुक्त घोषणा गर्ने नुवाकोट जिल्लाका वास एजेन्सीले जारी गरेको सूचनामा उल्लेख छ ।
वास एजेन्सीहरुले वडा तहमा समेत खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरी कार्यबाँडफाँट गरिसकेका छन् ।
जिल्लाका सबै गाउँपालिका तथा नगरपालिकालाई खुलादिसामुक्त घोषणा गरेपछि क्षेत्रीय स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले अनुगमन गरी प्रमाणीकरण गरेपछि जिल्लालाई खुलादिसामुक्त घोषणा गरिन्छ ।
नुवाकोटमा