बेईजिङ: चीन सरकारले वातावरणीय प्रदुषण विरुद्ध लड्न भन्दै देशभरका विभिन्न नदीको सफाइका लागि दुई लाख जनालाई नदी हेर्ने प्रमुख अधिकारीका रूपमा नियुक्त गरेको छ ।
चीन सरकारले आगामी सन २०१८ को अन्त्य सम्ममा देशभरकै नदी प्रमुखहरुले योजना बनाई काम शुरु गर्ने जनाइएको छ । ती नदी प्रमुखरु प्रदेश, जिल्ला, सहर, टोल तहका रहेको अधिकारीहरुले बताएका छन् ।
गत सन २०१६ को डिसेम्बरमा चीनीया कम्युनिष्ट पार्टीको केन्द्रीय र प्रदेश समितिले देशभरी नदी प्रमुखहरु नियुक्त गर्ने निर्णय गरेको थियो ।
‘प्रदुषण नियन्त्रणका लागि चीनले अपेक्षा गरे भन्दा छिटो सुधार गरेको छ, तोकिए अनुसार नै आफ्नो लक्ष्य पुरा गर्नेछ’ जलश्रोत मन्त्रालयको निर्माण तथा व्यवस्थापन मन्त्रालयका प्रमुख जु लैमिङले भन्नुभयो ।
उहाँले जुलाई २० देखि ३१ ओटा प्रान्तहरुमा क्षेत्रीय तहको योजना तथा नीति कार्यान्वयन सुरु गरेको जानकारी दिनुभयो । ती मध्ये १६ क्षेत्रमा टोल तह सम्म नदी प्रमुख नियुक्त गरेको र अन्य १५ ओटामा गाउँ तह सम्मको संयन्त्र बनाएको उहाँले बताउनु भयो । सिन्ह्वा