कपिलवस्तुको शिवराज नगरपालिकामा एमवाससीसी गठन

कपिलवस्तु : शिवराज नगरपालिकालाई खुलादिसामुक्त घोषणा गर्ने मिति नजिकिदै जाँदा सरसफाइको क्षेत्रमा कार्यरत संघसंस्था तथा नगरबासी तातिएका छन् । 

‘शिवराज नगरपालिकाको पहिचान, घरघरमा सरसफाइ तथा स्वच्छता जागरण अभियान’ भन्ने नारा दिएर नगरपालिकाले सरसफाइ अभियानलाई तीब्रता दिन थालेको हो । शिवराज नगरपालिकालाई खुला दिसामुक्त बनाउन नगर स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति (एमवाससीसी) गठन गरी अभियानलाई तीब्रता दिन थालेको हो ।

शिवराज नगरपालिकालाई आगामी मंसिर १५ गतेभित्र खुलादिसामुक्त घोषणा गर्ने लक्ष्य लिएको छ ।

तोकिएकै समयभित्र नगरपालिकालाई खुला दिसामुक्त बनाउन शिवराज नगरपालिकाले वडा नम्बर ८ जवाभारीमा सरसफाइ जन जागरण अभियान सञ्चालन गरेको छ ।

जवाभारीको सरसफाइपछि नगरप्रमुख एवं एमवाससीसीका अध्यक्ष नेत्रराज अधिकारीले सरसफाइ आफैबाट शुरुवात गर्नुपर्नेमा जोड दिनुभयो । व्यक्तिगत सरसफाइ, घरआँगन सफासुग्घर, शौचालय निर्माण र प्रयोग आफैले नगरेसम्म सरसफाइ अभियानले सार्थकता नपाउने नगरप्रमुख अधिकारीले बताउनुभयो ।

उहाँले कात्तिक ६ गतेभित्र सबै घरमा अनिवार्य शौचालय बनाउनुपर्ने बताउनुभयो । ‘कात्तिक ६ गतेभित्र सबैले अनिवार्य शौचालय बनाउनै पर्छ, शौचालय नबनाएसम्म नगरपालिकाबाट पाइने सेवा सुविधा पाइन्छ भनेर आशा नगरे हुन्छ, हामी शौचालय नबनाउने घरलाई सेवा रोक्का गर्छौ’ उहाँले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार