महोत्तरीका खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख देवेन्द्र झा लाई निजामति सेवा पुरस्कार

काठमाडौ : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरीका सिनियर डिभिज्नल इञ्जिनियर देवेन्द्र कुमार झा निजामति सेवा पुरस्कारबाट सम्मानित हुनु भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालय मातहतका विभाग तथा डिभिजन कार्यालय मध्येबाट १४ औं निजामति दिवसको अवसरमा उहाँलाई निजामती सेवा पुरस्कार प्रदान गरिएको हो ।  

उहाँ सँगै अन्य ३० जना निजामति कर्मचारी निजामति सेवा पुरस्कारबाट सम्मानित भएका छन् भने १० जना निजामति कर्मचारीलाई उत्कृष्ट निजामति सेवा पुरस्कार प्रदान गरिएको छ । यही १९ गते बसेको मन्त्रीपरिषदको बैठकले ती कर्मचारीलाई निजामति दिवसको अवसरमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।  

महोत्तरीका सिनियर डिभिज्नल इञ्जिनियर झा लाई यस अघि नेपाल इन्जिनियर्स एशोसियसनले ५५ औं इञ्जिनियरिङ दिवसको अवसर पारी नवराज विष्ट स्मृति पुरस्कार प्रदान गरिएको थियो ।
२०६३ सालमा दैलेखबाट निजामति सेवामा प्रवेश गरेका इञ्जिनियर देवेन्द्र झा ले सरसफाइमा राम्रो योगदान पुयाउदै आउनुभएको छ ।

दैलेखमा रहँदा नै उहाँले घर घरमा चर्पी बनाउने र खुला दिसामुक्त गर्ने कामलाई अगाडि बढाउनुभएको थियो । त्यसपछि उहाँ दैलेखबाट सल्यान जिल्लामा सरुवा हुनुभयो त्यहाँ पनि उहाँले सरसफाइ क्षेत्रको रणनीतिक कार्ययोजना बनाएर काम गर्नुभएको थियो ।

त्यसपछि उहाँ पूर्वी पहाडी जिल्ला खोटाङको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय खोटाङमा सरुवा हुनुभयो । खोटाङको सरसफाइमा आफूले अदभूत तरिकाले काम गरेको उहाँको दाबी छ । ‘खानेपानी र सरसफाइको क्षेत्रमा क्रियाशील संघसंस्था खासै नभएपनि खोटाङलाई खुला दिसामुक्त घोषणा गर्न सफल भएँ’ उहाँले भन्नुभयो ।

त्यहाँबाट महोत्तरी झरेका झाले महोत्तरीमा पनि २ बर्ष देखि खानेपानी र सरसफाइमा उत्कृष्ट काम गरिरहनुभएको छ । ‘यहाँ पनि सरसफाइ आन्दोलनले छलाङ मारेको छ, आफूलाई राज्यले दिएको जिम्मेवारीलाई इमान्दारिता र कौशलतापूर्वक निर्वाह गर्दा मूल्याङ्कन हुँदो रहेछ आज राज्यले सम्झ्यो र मलाई सम्मान दियो म धेरै खुसी भएको छु’ झा ले खुसी हुँदै भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार