जलविद्युत आयोजना निर्माणको कामले धमिलो पानी पिउन वाध्य

🔗
3
Shares

पाँचथर : पाँचथर र तेह्रथुमको सिमाना भएर बग्ने तमोर नदी किनारमा बसोबास गर्दै आएका माझीटारका बासिन्दा धमिलो पानी पिउन बाध्य छन् ।

माझीटारदेखि केही किलोमिटर माथि निर्माण भइरहेको तल्लो हेवा खोला जलविद्युत आयोजनाका कारण पानी धमिलिएको हो ।  २२.२ मेगावाटको तल्लो हेवा खोला जलविद्युत आयोजना माउन्टेन हाइड्रो नेपाल कम्पनी लिमिटेडले निर्माण गरिरहेकाे छ । 

‘एकैछिनमा खोला धमिलो हुन्छ, कहिले एकैछिनमा पानी सुक्छ, हामी यही खोलाको पानी पिउन बाध्य छौं’ माझीटारकी सुनिता माझीले भन्नुभयो ‘हामी फिल्टरमा पानी छानेर प्रयोग गर्छौ, तर सबैसँग फिल्टर हुदैन, फिल्टर नहुनेहरुले थिग्राएर मात्र पिउनुपर्ने बाध्यता छ ।’

पाँचथरको फिदिम नगरपालिका –४ र हिलिहाङ गाउँपालिका–७ मा पर्ने माझीटारमा ३२ घर माझी र केही तामाङ समुदायको बसोबास छ । जलविद्युत आयोजना निर्माण गर्दा खानेपानी धमिलो भएपनि प्रभावित वस्तीका लागि आयोजनाले केही पनि काम गरेको छैन ।

दुषित पानीले बालबालिका विरामी

हेवाखोलाको पानी पिउदै आएका माझीटारका बासिन्दाले खोलामा धमिलो पानी आउँदा तमोरको पानी पिउछन् । दूषित पानीकै कारण वर्षायाममा बालबालिका पानीजन्य रोगबाट पीडित हुने गरेको शिक्षक सुनिता माझीले बताउनुभयो ।

खानेपानीको लागि महिला बढी खटिनुपर्ने भएकाले खोलामा पानी बढेर आउँदा ज्यानको समेत जोखिम हुने गरेको सुनिताले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार