काभ्रेपलाञ्चोक : खानेपानीको समस्या भोगिरहेका धुलिखेल–२ रविओपीका बासिन्दाले ६ किलोमिटर टाढाबाट खानेपानी ल्याएका छन् । रविओपीकै बासिन्दाको श्रमदानबाट बनेपा ५ मा रहेको देउराली–सिस्नेखोला खानेपानी मुहानबाट खानेपानी ल्याएका हुन् ।
घरघरमै पानीको व्यवस्था भएपछि गाउँमा खानेपानीका कारण हुने विवादको समेत अन्त्य हुने देउराली–सिस्नेखोला खानेपानी उपभोक्ता समितिका सचिव राजुकुमार गेलालले बताउनुभयो । ‘खानेपानी पर्याप्त नहुँदा टोल-टोलको र दाजु भाइको झगडा थियो अब साम्य हुने भयो, घरमा–घरमा खानेपानी पाउँदा टोलबासी नै खुसी भएका छौं’ सचिव गेलालले भन्नुभयो ।
खानेपानी योजना सम्पन्न भएपछि रविओपीका १ सय ९७ घरका १ हजार ८ सय जना लाभान्वित भएका छन् । देउराली–सिस्नेखोला खानेपानी आयोजना ८५ लाख ३२ हजार २ सय ६२ रुपैयाँको लागतमा सम्पन्न भएको हो ।


762 पटक हेरिएको 

