सर्लाही : खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले सर्लाहीको बाग्मती स्थित कर्मैया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निरीक्षण गर्नुभएको छ ।
निरीक्षणका क्रममा मन्त्री यादवले बाग्मती क्षेत्रको खानेपानीको अवस्था र खानेपानी स्वच्छताको विषयमा समितिका अध्यक्ष डोलराज पाण्डेसँग जानकारी लिनुभयो । अध्यक्ष पाण्डेले खानेपानी वितरणका लागि २ लाख २५ लिटर क्षमताको ट्याङ्की निर्माण र समितिको कार्यालय भवन निर्माणका लागि सहयोग गर्न अनुरोध गर्नुभएको थियो । मन्त्री यादवले यसका लागि मन्त्रालयमा निवेदन दिन आग्रह गर्नुभयो ।
२०७२ वैशाखको भुकम्पले कर्मैया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको भवन जीर्ण बनेको छ । समितिले वाग्मती क्षेत्रका १६ सय घरपरिवारलाई चौबीसै घण्टा खानेपानी उपलब्ध गराउदै आएको छ ।


782 पटक हेरिएको 

