दक्षिणकाली मन्दिरमा फोहोरको थुप्रो

काठमाडौ, साबित्री राजभण्डारी : दक्षिणकाली मन्दिरको दर्शन गर्न जाँदै हुनुहुन्छ ? मन्दिर नपुग्दै अलि वर रहेको बसपार्कमा पुग्ने वित्तिकै तपाईलाई फोहोरले स्वागत गर्नेछ ।

चोभारको डाँडा पार गर्ने वित्तिकै शुरु हुने खाल्डाखुल्डी सडक पार गरेर दक्षिणकाली मन्दिरको बसपार्क पुग्न साथ खोल्सीमा रहेको फोहोर देखेपछि फोहोरकै दर्शन गर्न गएको हो कि भन्ने महसुस हुनेछ ।

दर्शणार्थीले बलि दिएको बोकाको छाला तथा रौं, पूजा गरेपछि फ्याँकिने टपरा, पानीको बोतल, होटल पसलका फोहोर सबै बसपार्क नजिकैको खोल्सीमा फ्याँक्दा दुर्गन्ध फैलिएको मात्र होइन, मन्दिर प्रतिको भक्तजनको धारणामा समेत परिवर्तन आउने भक्तजन बताउँछन् ।

‘मन्दिर भनेको देवीदेवताको घर हो, देवताको घर सफासुग्घर हुनुपर्छ । मन्दिरकै आसपासमा फोहोर भएपछि भक्तजनको आस्था पनि हराउँदै जान्छ’ मन्दिरमा भेटिएकी दैलेखकी सुशीला बोहोराले भन्नुभयो ।

मन्दिर व्यवस्थापन समितिले मन्दिर, होटल र पसलबाट उत्पादित फोहोर सफाइका लागि सरसफाइकर्मी खटाएपनि बसपार्क नजिकैको खोल्सीमा फ्याँक्दै आएको होटल सञ्चालकहरु बताउँछन् । मन्दिरको सीमित जग्गा र फोहोर विसर्जन गर्ने उचित ठाउँको अभावमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण हुँदै गएको दक्षिणकाली मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार