लुम्बिनी : थाई राजकुमारी महा चक्ररी श्रीरिनध्रोन आउने भएपछि सशस्त्र प्रहरी बेस क्याप लुम्बिनीले गौतम बुद्धको जन्मस्थल, विश्व सम्पदा स्थल लुम्बिनीकोे सरसफाइ गरेको छ । सशस्त्र प्रहरीको ९० जनाको टोलीले तीन दिन लगाएर लुम्बिनीको महत्वपूर्ण स्थानहरुको सफाइ गरेको हो ।
अस्ति मंगलबार लुम्बिनी पोखरीबाट शुरु भएको सफाइ अभियान आज सकिएको सशस्त्र प्रहरी बेस क्याप लुम्बिनीका प्रहरी नायब उपरीक्षक दर्शन गिरीले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले लुम्बिनीको मुख्य प्रवेशद्वार लोटस खरी देखि मायादेबी मन्दिर गेट सम्म सरसफाई गरी मनोरम र आकर्षक बनाईएको छ ।
‘हामीले लुम्बिनी पोखरी, शान्ति द्धीप, लिटिल बुद्ध, मायादेवी मन्दिर देखि करिब डेढ किलो मिटर आसपासको परिधिभित्र सरसफाइ ग-यौं’ सशस्त्र प्रहरी नायब उपरीक्षक गिरीले भन्नुभयो ।
उहाँका अनुसार लुम्बिनी पोखरीबाट १६ ट्याक्टर हिलो तथा फोहोर निकालिएको छ । सशस्त्र प्रहरी बेस क्याम्पले सरसफाइ गरेपछि लुम्बिनी स्वच्छ र हरभरा भएको छ ।