काठमाडौ : विश्वमा धेरै प्रदुषण हुने देश मध्ये नेपाल छैठौं स्थानमा परेको छ । ल्यान्सेट जर्नलमा प्रकाशित प्रतिवेदन अनुसार बंगलादेश र सोमलिया सबैभन्दा बढी प्रदुषण हुने देशमा परेको छ ।
यस्तै चाड, नाइजर, भारत र नेपालमा प्रदुषणका कारण धेरैले ज्यान गुमाउने गरेका अध्ययनले देखाएको छ । अध्ययन अनुसार ६ जनामध्ये एक जनाको प्रदुषणका कारण ज्यान जाने गरेको छ । सन् २०१५ मा विश्वभर प्रदुषणका कारण ९० लाख मानिसको अकालमा ज्यान गएको अध्ययनले देखाएको हो ।
यस्तै विश्वभर अकाल मृत्युका घटनामध्ये ६० प्रतिशतमा प्रदूषणसँग सम्बन्धित रोग जिम्मेवार रहेको विविसीले उल्लेख गरेको छ । अकाल मृत्युका लागि पानीसँग सम्बन्धित प्रदुषणपछि वायु प्रदुषण दोस्रो ठूलो कारण भएको अनुसन्धानकर्ताले बताएका छन् ।