धनकुटा, उषा खड्का : धेरै जसो आयोजनाले तोकिएको समय अवधि भित्र काम सम्पन्न गर्न नसकेर पटक — पटक म्याद थप गरेका खबर तपाई हामीले सुन्दै आएका छौं । तर धनकुटाको लावरवोटे खानेपानी आयोजनाको काम सम्झौता भएको पहिलो चरण पुरा नहुदै सम्पन्न भएको छ । आयोजनाको पहिलो भागको काम ४ महिनाको लागि सम्झौता भएकोमा सम्झौता सकिन १ महिना बाँकी रहँदै सम्पन्न भएको हो ।
फण्डवोर्ड काठमाडौ र पर्डेप नेपाल धनकुटाको संयुक्त प्रयासमा निर्माण भईरहेको खानेपानी आयोजनाको २०७४ जेठमा सम्झौता भएको थियो ।
आयोजनाको मुहान देखि रिजर्भ ट्यांकी सम्मको ३५ सय मिटर पाइपलाइन खन्ने काम, इन्टेक निर्माणको काम गत भदौमै सम्पन्न भई अहिले कार्यान्वयन चरणमा दिइने तालिम सञ्चालन भइरहेको छ ।
खानेपानी आयोजनाको ३३ लाख ९६ हजार कुल लागत मध्ये उपभोक्ताको तर्फबाट ४ लाख पच्चीस हजार रुपैयाँ नगद र ४ लाख रुपैयाँ बराबरको श्रमदान व्यहोर्नुपर्नेछ ।
खानेपानी आयोजना सञ्चालन लागि चन्द्र बहादुर डंगोलले निशुल्क मुहान उपलव्ध गराएपछि लावरबोटेका ८५ घरपरिवार सुरक्षित खानेपानी पिउन पाउने चरणमा रहेको लावरवोटे खानेपानी आयोजनाका अध्यक्ष भुपाल राइले बताउनुभयो ।


721 पटक हेरिएको 

