सिन्धुपाल्चोकमा ६ महिनामै २४ वटा खानेपानी आयोजना सम्पन्न

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकका २० गाउँ विकास समितिमा ६ महिनामै २४ वटा खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएका छन् । सन् २०१६ को डिसेम्बरदेखि सन् २०१७ जुन सम्ममा ती आयोजना सम्पन्न भएका हुन् ।

गत डिसेम्बरमा शुरु गरिएका २६ वटा खानेपानी तथा सरसफाइ आयोजना मध्ये २४ वटा आयोजनाको निर्माण कार्य सम्पन्न भई उपभोग गर्न थालेका सेवक नेपालकी कन्स्ट्रक्सन क्वालिटी कन्ट्रोल म्यानेजर ईश्वरी भट्टराईले जानकारी दिनुभयो ।

USAID को आर्थिक तथा प्राविधिक सहयोगमा सेवक नेपालद्धारा सञ्चालित सफा पानी परियोजनाले ती सबै खानेपानी आयोजना सम्पन्न गर्न ३ करोड ९ लाख ९३ हजार १४ रुपैयाँ लगानी गरेको छ । सबै आयोजनाबाट  १ हजार ३ सय ४७ घरपरिवारका ६ हजार ६ सय ९४ जना लाभन्वित भएको म्यानेजर भट्टराईले जानकारी दिनुभयो ।

खानेपानी तथा सरसफाइ सुविधाको पहुँच नभएको ठाउँमा सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने उद्देश्यले खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन गरिएको हो । उपभोक्ता समिति मार्फत सञ्चालन गरिएको ती सबै आयोजनामा उपभोक्ताले १० देखि १३ प्रतिशत श्रमदान गरेका थिए ।

सेवक नेपालले सफा पानी परियोजना अन्तर्गत USAID को सहयोगमा आगामी पुसभित्र थप २० वटा खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ । यसबाट करिब ५ हजार जनसंख्या लाभान्वित हुनेछन् ।

सफा पानी परियोजना सिन्धुपाल्चोकको २० गाउँ विकास समिति र दोलखाको १४ गाउँ विकास समितिमा सञ्चालित छ । सन् २०१५ को डिसेम्बरदेखि शुरु भएको यो परियोजना सन् २०१९ को नोभेम्बरमा सकिने सेवक नेपालले जनाएको छ ।


यी हुन् अहिलेसम्म सम्पन्न भएका खानेपानी तथा सरसफाइ आयोजना

क्र.सं. आयोजनाको नाम लाभान्वित ज.सं. घरधुरी लागत निर्माण शुरु सम्पन्न मिति
साठिमुरे खानेपानी तथा सरसफाई आयोजना  २१८ ४६ ९१३९९१ डिसेम्बर २०१६ जून २०१७
रातमाटा खानेपानी तथा सरसफाई आयोजना २४९ ५५ १०२५९४५ डिसेम्बर २०१६ जून २०१७
भुस्लुंग खानेपानी तथा सरसफाई आयोजना २८६ ४९ १०२५९४५ डिसेम्बर २०१६ जून २०१७
महभीर खानेपानी तथा सरसफाई आयोजना  २४७ ४७ ६८७३९७ डिसेम्बर २०१६ जून २०१७
बद्लांग खानेपानी तथा सरसफाई आयोजना ३९४ ८२ ८८६६५१६ डिसेम्बर २०१६ जून २०१७
कोइमुल खानेपानी तथा सरसफाई आयोजना ३२८ ६२ ११३३७४८ डिसेम्बर २०१६ जून २०१७
मन्दरखोला खानेपानी तथा सरसफाई आयोजना ३९६ ७३ १८१४४९५ डिसेम्बर २०१६ जून २०१७  

 

 

 

 

 

दमैधारा खानेपानी तथा सरसफाई आयोजना २६३ ५४ ३८४६२० डिसेम्बर २०१६ जून २०१७  

 

 

 

 

पामारे खोला खानेपानी तथा सरसफाई आयोजना १९१ ३४ १००९९८४ डिसेम्बर २०१६ जून २०१७
१० कालोपोखरी खानेपानी तथा सरसफाई आयोजना २८४ ५९ १०८३६७२ डिसेम्बर २०१६ जून २०१७
११ सिमखण्ड जामुने खानेपानी तथा सरसफाई आयोजना ५८७ १०६ ७६४७९५ डिसेम्बर २०१६ जून २०१७
१२ गोगने खानेपानी तथा सरसफाई आयोजना २०७ ३७ ८१६६७९ डिसेम्बर २०१६ जून २०१७
१३ लप्सिगैरा खानेपानी तथा सरसफाई आयोजना १५४ ३४ ७११७५७ डिसेम्बर २०१६ जून २०१७
१४ संसारी दोभान  खानेपानी तथा सरसफाई आयोजना १२८ २७ ८७२७१७ डिसेम्बर २०१६ जून २०१७
१५ लप्सिबोटे खानेपानी तथा सरसफाई आयोजना १२८ ३१ ९६०२७४ डिसेम्बर २०१६ जून २०१७
१६ डाँडाघर भुसाल टोल  खानेपानी तथा सरसफाई आयोजना ८४ २१ २८४५०१ डिसेम्बर २०१६ जून २०१७
१७ राम्चे डाँडा खानेपानी तथा सरसफाई आयोजना १३३ ३९ ९३०३७१ डिसेम्बर २०१६ जून २०१७
१८ काफलगैरा खानेपानी तथा सरसफाई आयोजना ८९ २९ २७६०३७ डिसेम्बर २०१६ जून २०१७
१९ सिस्नेघारी खानेपानी तथा सरसफाई आयोजना १५१ ४५ ८७८३२१ डिसेम्बर २०१६ जून २०१७
२० सिमल बोटे  खानेपानी तथा सरसफाई आयोजना १९० ३५ १२४६०८१ डिसेम्बर २०१६ जून २०१७
२१ जुम्रांग खानेपानी तथा सरसफाई आयोजना १७६ ३८ ७०२४३० डिसेम्बर २०१६ जून २०१७
२२ यार्षा खानेपानी तथा सरसफाई आयोजना ५८३ १०५ ३९७८६२ डिसेम्बर २०१६ जून २०१७
२३ मजुवा  खानेपानी तथा सरसफाई आयोजना ५२६ १०६ १०५११८३ डिसेम्बर २०१६ जून २०१७
२४ थापा धारा  खानेपानी तथा सरसफाई आयोजना ३१९ ५८ १०५८८८२ डिसेम्बर २०१६ जून २०१७
२५  छुसापांग खानेपानी तथा सरसफाई आयोजना

 

 

२१६ ४१ १३४८६२० डिसेम्बर २०१६ जून २०१७
२६ पातले खोला पोखरे  खानेपानी तथा सरसफाई आयोजना १६७ ३४ ७४६१९१ डिसेम्बर २०१६ जून २०१७
  जम्मा ६६९४ १३४७ ३०९९३०१४      


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार