मेलम्चीको पाइपलाइन फेरी खन्ने तयारी

काठमाडौ : बर्षायामसँगै रोकिएको मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम फेरि शुरु गर्ने तयारी भएको छ । काठमाडौ उपत्यकाको मुख्य सडक तथा भित्री सडकमा छट सकिए लगत्तै पाइपलाइन विछ्याउन शुरु गरिने मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

काठमाडौ उपत्यका भित्र ७ सय ३० किलोमिटर पाइप बिछ्याउनुपर्नेमा अहिलेसम्म ६ सय ७० किलोमिटर पाइप विछ्याइसकेको छ ।

‘पाइप विछ्याउने काम करीब ९० प्रतिशत सम्पन्न भएको छ, नयाँ बानेश्वर, माइतीघर, जावलाखेल लगायत ५ किलोमिटर पाइप अति व्यस्त सडकमा विछ्याउनुपर्नेछ भने बाँकी भित्री सडकमा पर्छ’ निर्देशनालयका प्रवक्ता लीला ढकालले भन्नुभयो ।

अति व्यस्त सडकमा पहिले झैं रातीको समयमा मात्र पाइपलाइन खन्ने उहाँले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार