दाङमा बन्यो साढे ३२ लाखमा कृत्रिम ताल

दाङ : दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा करिव साढे ३२ लाख रुपैयाँको लागतमा कृत्रिम ताल बनाइएको छ । खानेपानी मुहानको संरक्षण, सिमसार क्षेत्रको संरक्षण, जलवायु परितर्वनका असर न्यूनीकरण, वन क्षेत्रमा चिस्यान संरक्षण र ताल वरपरका गाउँमा सिचाईको पु¥याउने उद्देश्यले चुरे पहाडको फेदमा ड्याम निर्माण गरेर कृत्रिम ताल बनाइएको हो । 

तालको लम्बाई एक सय ५० मिटर, चौडाई एक सय मिटर चौडाइ र गहिराई पाँच मिटर रहेको छ । पहिलो चरणमा ताल निर्माण गरिए पनि अन्य संरचना निर्माण हुने क्रममा रहेका जिल्ला वन कार्यालय दाङले जनाएको छ ।

ताल निर्माणका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सुशीला चौधरीको सांसद विकासको २५ लाख, सिमसार क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत जिल्ला वन कार्यालय दाङको दुई लाख र स्थानीयबासिन्दाको करिव साढे पाँच लाख रुपैयाँ गरी ३२ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।

ताल निर्माणसँगै तालमा पानी जम्मा भएपछि भदौ महिनामै सुक्ने खोलाहरुमा पानी बग्न थालेको र करिव १५ देखि २० विगाह जमिनमा सिंचाईको सुविधा पुगेकोे स्थानीयबासिन्दा बताउँछन् ।

भविश्यमा खानेपानीका मुहानहरु संरक्षण हुने, सिमसार क्षेत्र संरक्षणका माध्यमबाट जलवायु परितर्वनका असरहरु कम हुने, वन क्षेत्रमा चिस्यान संरक्षण हुने, जंगली जीवजन्तुको पनि संरक्षण हुने र ताल वरपरका गाउँमा सिचाईको व्यवस्थासँगै पर्यटकीय स्थलका रुपमा विकास हुने जाने अपेक्षा गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार