काबुल : अफगानिस्तानमा झाडा पखालाका कारण हरेक बर्ष झण्डै नौ हजार ५०० बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ । राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले बिहीबार सार्वजनिक गरेको एक विवरणमा अफगानिस्तान भरी दैनिक २६ जना बालबालिकाको मृत्यु झाडापखालाकै कारण हुने गरेको छ ।
‘झाडापखालाका कारण बर्षेनी मृत्यु हुने मध्ये झण्डै आठ हजार जना पाँच बर्ष मुनिका बालबालिका रहेका छन् ’ प्रतिवेदनमा उल्लेख गरिएको छ । शौचालयको प्रयोग र खाना खानु अघि हात धुनु पर्ने चेतनाको अभावका कारण धेरै बालबालिकाहरुलाई झाडापखाला हुने गरेको पाइएको छ ।
यसलाई सजिलै हटाउन सकिने अफगानिस्तान स्थित युनिसेफका प्रतिनिधि अदेले खोडरले बताउनु भयो ।
सिन्ह्वाको सहयोगमा