सिन्धुपाल्चोक : सिन्धुपाल्चोकका विभिन्न वस्तीमा ११० वटा खानेपानी आयोजना निर्माण हुने भएको छ । USAID को आर्थिक सहयोगमा सेवक नेपालले सफा पानी परियोजना अन्तर्गत सिन्धुपाल्चोकमा यत्तिधेरै खानेपानी आयोजना निर्माण गर्न लागेको हो ।
सन् २०१५ देखि शुरु भएको सफा परियोजना अन्तर्गत अहिलेसम्म २६ वटा खानेपानी आयोजना निर्माण सम्पन्न भइसकेको र आगामी पुस महिनाभित्र थप २० वटा गरी ४६ वटा आयोजना सम्पन्न हुने सेवक नेपालका क्वालिटी कन्ट्रोल म्यानेजर इश्वरी भट्टराईले जानकारी दिनुभयो । यस बाट करिब ५ हजार जनसंख्या लाभान्वित हुने सेवक नेपालले जनाएको छ ।
खानेपानी तथा सरसफाइ सुबिधाको अभाव रहेको ठाउँमा सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने उद्देश्यले समुदायकै मागको आधारमा खानेपानी आयोजना सञ्चालन गरिएको क्वालिटी कन्ट्रोल म्यानेजर भट्टराईले जानकारी दिनुभयो । सेवक नेपालले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको समन्वयमा सिन्धुपाल्चोकको साबिकका २० गाविस र दोलखाको १४ गाविसमा सफा पानी परियोजना सञ्चालन गरिरहेको छ ।
यी हुन् सिन्धुपाल्चोकका अहिलेसम्म सम्पन्न भएका खानेपानी आयोजना
१ साठिमुरे खानेपानी तथा सरसफाई आयोजना
२ रातमाटा खानेपानी तथा सरसफाई आयोजना
३ भुस्लुंग खानेपानी तथा सरसफाई आयोजना
४ महभीर खानेपानी तथा सरसफाई आयोजना
५ बद्लांग खानेपानी तथा सरसफाई आयोजना
६ कोइमुल खानेपानी तथा सरसफाई आयोजना
७ मन्दरखोला खानेपानी तथा सरसफाई आयोजना
८ दमैधारा खानेपानी तथा सरसफाई आयोजना
९ पामारे खोला खानेपानी तथा सरसफाई आयोजना
१० कालोपोखरी खानेपानी तथा सरसफाई आयोजना
११ सिमखण्ड जामुने खानेपानी तथा सरसफाई आयोजना
१२ गोगने खानेपानी तथा सरसफाई आयोजना
१३ लप्सिगैरा खानेपानी तथा सरसफाई आयोजना
१४ संसारी दोभान खानेपानी तथा सरसफाई आयोजना
१५ लप्सिबोटे खानेपानी तथा सरसफाई आयोजना
१६ डाँडाघर भुसाल टोल खानेपानी तथा सरसफाई आयोजना
१७ राम्चे डाँडा खानेपानी तथा सरसफाई आयोजना
१८ काफलगैरा खानेपानी तथा सरसफाई आयोजना
१९ सिस्नेघारी खानेपानी तथा सरसफाई आयोजना
२० सिमल बोटे खानेपानी तथा सरसफाई आयोजना
२१ जुम्रांग खानेपानी तथा सरसफाई आयोजना
२२ यार्षा खानेपानी तथा सरसफाई आयोजना
२३ मजुवा खानेपानी तथा सरसफाई आयोजना
२४ थापा धारा खानेपानी तथा सरसफाई आयोजना
२५ छुसापांग खानेपानी तथा सरसफाई आयोजना
२६ पातले खोला पोखरे खानेपानी तथा सरसफाई आयोजना


726 पटक हेरिएको 

