खुम्बुको ११ हजार किलो फोहोर हवाईजहाजबाट काठमाडौ ल्याइयो

काठमाडौ : तारा एयरलाइन्सले अघिल्लो बर्षमा झैं यस बर्ष पनि सोलुखुम्बुको माथिल्लो हिमाली क्षेत्रको फोहोर संकलन गरी काठमाडौंमा ल्याएको छ ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तारा एयरलाइन्सले यसबर्ष ९ उडान मार्फत लुक्लाबाट झण्डै ११ हजार किलो नकुहिने फोहोर काठमाडौ ल्याएको हो ।

तारा एयरले सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) र  हिमालयन क्लब लुक्ला सँग सहकार्य गर्दै सगरमाथा हिमालदेखिको फोहोर संकलन गरी काठमाडौ ल्याउँदै आएको छ ।

ती फोहोर लुक्ला विमानस्थलबाट काठमाडौ ल्याउनका लागि करिब १० लाख रुपैयाँ भन्दा बढी खर्च भएको र फोहोरलाई उचित प्रशोधन गर्न नगरपालिका समन्वय समितिलाई हस्तान्तरण गरिएको तारा एयरद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

तारा एयरले सन् २०१६ मा यस्तै २ हजार किलो फोहोर लुक्लाबाट काठमाडौ ल्याएको थियो ।  भविश्यमा समेत फोहोर संकलन गरी व्यवस्थापन गर्ने कामलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ ।

स्वच्छ वातावरण कायम राख्नका लागि फोहोर व्यवस्थापन गर्न अति जरुरी रहेको भन्दै एयरलाइन्सले भविश्यमा अरु निजी कम्पनीको समेत सहयोगको प्राप्त हुने कम्पनीको अपेक्षा छ ।

तारा र यती एयरलाइन्सले सन् १९९८ देखि नेपालका विकट क्षेत्रहरुमा हवाई सेवा निरन्तर दिइदै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार