सरसफाइ अभियान नै प-यो, महानगरको कार्वाहीमा

काठमाडौं : जथाभावी फोहोर फाल्ने विरुद्ध आक्रमक बनेको काठमाडौ महामहानगरले फोहोर फाल्ने व्यक्ति तथा संस्थालाई त पक्राउ गरी जरिवाना तिराएकै थियो । महानगरको यो अभियानमा सरसफाइ अभियान नै कार्वाहीमा पर्न थालेको छ ।

अरुको घर घरमा गएर रिक्सामा फोहोर संकलन गर्ने कान्तिपुर सफाइ अभियान समेत हिजो कार्वाहीमा    प-यो । निजी घरको फोहोर संकलन गरी सार्वजनिक ठाउँमा राखेको अभियोगमा कान्तिपुर सफाइ अभियानलाई ४ हजार ५ रुपैयाँ जरिवाना तिराइएको कार्य सञ्चालन शाखा प्रमुख मीनबहादुर थापाले जानकारी दिनुभयो ।

सफाइ अभियानले विष्णुमती नदी खण्डको परोपकार पुलको नजिक तीन वटा रिक्सा राखेको थियो । यसअघि सार्वजनिक स्थानमा पार्किङ गरी राखिएका चागल सरसफाइको दुईवटा रिक्सालाई नियन्त्रणमा लिई १५ सय रुपैयाँ जरिवाना तिराएर छाडेको थियो ।

सार्वजनिक स्थलमा फोहोर ओसार्ने साधन पार्किङ नगर्न सचेत गराउँदा पनि नटेरेपछि कारवाही गरिएको कार्य सञ्चालन शाखा प्रमुख थापाले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार