फुटेको ढल तीन महिना पछि व्यवस्थापन

काठमाडौ : काठमाडौको पुरानो बसपार्क क्षेत्रमा फुटेको ढल तीन महिनापछि काठमाडौ महानगरपालिकाले व्यवस्थापन गरेको छ । ढल फुटेर दुर्गन्धित भएको खबर विभिन्न सञ्चार माध्यममा प्रसारण भएपछि खुलामञ्च नजिकै फुटेको ढल व्यवस्थापन गरिएको हो ।

ढल फुटेर मूल सडकमा खोला झै बगेको तीन महिना भन्दा बढी हुँदा महानगरपालिकाले बल्ल ढल व्यवस्थापन गरेको हो ।
विगत तीन महिनादेखि महानगरपालिकाको वडा नं २८ मा पर्ने बसपार्क नजिकैको ढल व्यवस्थापन भएपछि दुर्गन्ध हटेको छ । तर स्थानीयबासिन्दा भने माटोले छोपिएकाले दुर्गन्ध हटेपछि फेरि ढल फुट्न सक्ने सम्भावना रहेको बताउँछन् ।

तर महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी भने ढल दीर्घकालीन रुपमै व्यवस्थित गरिएकाले पुनःसमस्या नआउने बताउनुहुन्छ । ‘ढल फुटेको विषयमा हाम्रो समयमै ध्यान जान सकेन, सञ्चार माध्यमबाट सार्वजनिक भएपछि म अनुगमनमा जाँदा देखें, अहिले समस्या समाधान भएको छ’ उहाँले भन्नुभयो ।

उपप्रमुख हरिप्रभा खड्गी पनि त्यही वडामा बस्नुहुन्छ । अरु ठाउँमा पनि ढल फुटेको भए महानगरपालिकामा खबर गर्न उहाँले आग्रह गर्नुभएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार