काठमाडौ : प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि दोस्रो चरणको चुनावमा ४५ जिल्लामा मतदान भइरहेको छ ।
विहान सात बजेदेखि मतदान शुरु भएको हो । निर्वाचन आयोगका अनुसार साँझ ५ भित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउनेछन् ।
दोस्रो चरणको चुनावमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेससभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका लागि ७ हजार ७५३ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।
मतदान गर्न टाढा टाढाबाट समेत जानुपर्ने भएकाले कतिले मतदान स्थलमै खानेकुरा तथा खानेपानी लिएर जानुपर्ने अवस्था पनि हुनसक्छ । यस्तो बेला मतदान केन्द्रलाई कसरी स्वच्छ र सफा राख्ने भन्ने चुनौती हुनसक्छ ।
हामीले मतदान केन्द्रलाई सफा र स्वच्छ राख्न नसकेमा यसले भोलिको वातावरणलाई समेत असर पार्ने भएकाले मतदान केन्द्रले सफा राख्न आवश्यक छ ।
मतदान केन्द्रलाई यसरी राखौं, सफा र स्वच्छ
- सकभर मतदान केन्द्रमा खानेकुरा नलैजानुहोस्
- मतदान केन्द्रमा आसपासमा चाउचाउ, विस्कुट, चक्लेटको खोल नफ्याँक्नुहोस्
- आफूले खाएको चाउचाउ, विस्कुटको खोल डस्टविनमा राख्नुहोस् ।
- खानेपानीको बोतल जथाभावी नफ्याँक्नुहोस् ।
- यदि नजिकै फोहोर फाल्ने भाँडो नभएमा आफूले उत्पादन गरेको फोहोर आफैसँग राख्नुहोस् र फोहोर विसर्जन गर्ने ठाउँमा लगेर मात्र फ्याँक्नुहोस् ।
- आफूले उत्पादन गरेको फोहोरलाई व्यवस्थापन गर्ने जिम्मेवारी पनि आफ्नै हो भन्ने ठान्नुहोस् र व्यवस्थापन गर्नुहोस् ।
यत्ति गर्न सकेमा मतदाताका कारण मतदान स्थल र मतदान केन्द्र फोहोर हुने छैन ।


634 पटक हेरिएको 

