बैतडी : विगतका वर्षमा बैतडी सदरमुकाममा खानेपानीको चरम समस्या हुने गरेको भए पनि यस वर्ष खानेपानीकै लागि समस्या झेल्नु नपर्ने भएको छ ।
सन् २०१३ देखि निर्माण शुरु भएको खानेपानी आयोजना सम्पन्न भई सन्चालनमा आएकाले खानेपानीको समस्या नहुने भएको हो ।
बैतडी खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भई खानेपानी उपलब्ध गराउन थालेपछि खानेपानीको समस्या समाधान भएको बैतडी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर चन्दले बताउनुभयो ।
‘हामीले विगतमा धेरै खानेपानीको समस्या खेप्यौं, यसपटक अब त्यस्तो समस्या झेल्नुपर्ने छैन, हिउँदमा पनि सदरमुकामबासीलाई पुग्दो खानेपानी वितरण गर्न सकौंला भन्ने विश्वास छ’ अध्यक्ष चन्दले बताउनुभयो ।


851 पटक हेरिएको 

