काठमाडौ : काठमाडौँ र भक्तपुरका छ वटा सुकुम्वासी बस्तीमा सञ्चालित खानेपानी तथा सरसफाइ कार्यक्रम निक्कै प्रभावकारी भएको छ । युनिसेफ नेपालको सहयोगमा काठमाडौँका भीममुक्तिश्वर, शान्तिनगर, जागृतिनगर, धौखेल र पाथीभरा तथा भक्तपुरको मनोहरामा सञ्चालित कार्यक्रम समुदायका लागि अति प्रभावकारी भएको मिनर्जीकी कार्यक्रम संयोजक स्वस्ती जोशीले बताउनुभयो ।
मिनर्जीले ती वस्तीमा वैशाखदेखि खानेपानी तथा सरसफाइ सम्बन्धी जनचेतना अभिवृद्धि एवं पूर्वाधार निर्माणको काम गरिरहेको छ ।
शहरमा अव्यवस्थित तरिकाले बसोबास गर्दै आएका समुदायमा खानेपानी र सरसफाइ सम्बन्धी आधारभूत जानकारी गराईरहेको र वातावरणीय प्रदुषणको समस्यालाई न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन गरिएको जोशीले बताउनुभयो ।
उहाँका अनुसार ती बस्तीमा खानेपानी शुद्धीकरणका लागि फिल्टर जडान, नमूना शौचालय निर्माण, बायोग्यास प्लाण्ट जडान तथा जनचेतनासम्बधी विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।
अझै सुकुम्वासी बस्तीमा खानेपानी र सरसफाइ पर्याप्त नभएकाले सरकारी र गैरसरकारी संस्थाले विशेष ध्यान दिनुपर्ने जोशीले बताउनुभयो ।


775 पटक हेरिएको 

