काठमाडौ : काठमाडौ महानगरपालिकाले क्लिन द सिटी र ग्रीन द सिटी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने भएको छ । यस कार्यक्रम अन्तर्गत हाल फोहोर उत्पादन स्थलबाट सार्वजनिक स्थानमा नफाली सीधै फोहोर उठाउने गाडीमा संकलन गर्ने गरिएको, सडकमा रहेको धुलो उठाउने तथा पखाल्ने, सडक किनारा तथा ट्राफिक आइल्याण्डहरुमा हरियाली प्रबद्र्वन गर्ने काम गर्दै आएकोमा भावी दिन अझ यसलाई प्रभावकारी बनाउनै लगिने भएको हो ।
महानगरपालिकाको २३ औं दिवसको अवसरमा महानगर प्रमुख विद्या सुन्दर शाक्यले धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त शहर बनाउन आजैदेखि अभियान शुरु गरेको घोषणा गर्नुभयो ।
‘महानगरबासीलाई स्वस्थ र निरोगी बनाउन जनचेतनामूलक एवं प्रवद्र्वनात्मक स्वास्थ्य सेवाहरु प्रदान गर्ने क्रममा महानगरलाई धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त शहर घोषणा गर्ने कार्यक्रम प्रारम्भ गरिएको छ’ शाक्यले भन्नुभयो ‘यस कार्यक्रम अन्तर्गत तिब्र अनुगमन, जनचेतनामूक कार्यक्रमको आयोजना, जनेचतनमूलक सन्देशको प्रकाशन तथा प्रसारण जस्ता कार्यक्रमहरु सघन रुपमा सञ्चालन गरिनेछ ।’ उहाँले आगामी १८ महिनाभित्र यो अभियान सम्पन्न गरिने योजना रहेको बताउनुभयो ।
स्थापना दिवसको अवसरमा उत्कृष्ट करदातामा संस्थागत तर्फ हिमालय बैंङ्क र व्यक्तिगत तर्फ वडा नंं २ की शुशिलादेवी बस्नेतलाई सम्मान प्रदान गरिएको छ ।
यस्तै शाखा अधिकृत अम्बिका खड्का सहित ५ जना कर्मचारी दीर्घ सेवा पदकबाट सम्मानित भएका छन् । २० बर्ष सेवा पूरा गरेका कर्मचारीलाई महानगरले पदक प्रदान गरेको हो ।