गाडीमा डस्टविन राख्ने नियम रिहर्सलमै सीमित, एक बर्ष हुँदा पनि कार्यान्वयनमा आएन

 1112 पटक हेरिएको

काठमाडौं : गाडीमा अनिवार्य डस्टविन राखी फोहोरजन्य वस्तुको व्यवस्थापन गर्नुपर्ने र सार्वजनिक गाडीको झ्यालबाट थुक्न र फोहोर फ्याँक्न नपाइने नियम रिहर्सलमै सीमित भएको छ । फोहोरमैलालाई नियन्त्रण एवं व्यवस्थित गर्न प्रत्येक सार्वजनिक यातायातका साधनमा तोकिएको गुणस्तर बमोजिमको पोलिथिन थैलो वा डस्टविन अनिवार्य राख्नुपर्ने नियम एक बर्ष हुँदा पनि कार्यान्वयनमा नआएको हो ।

जथाभावी फोहोर फ्याँक्दा बाटोघाटो र सार्वजनिकस्थलमा समेत फोहोर भई वातावरणमा प्रतिकूल प्रभाव परेकोले फोहोर नियन्त्रण तथा व्यवस्थापन गर्न भन्दै गत बर्ष पुस १ गते सरकारका उच्च अधिकारीहरुले तामझामका साथ डस्टविन वितरण गर्ने काम गरेको थिए ।

नियम लागु गरेको दिन काम गरेजस्तो गरेर त्यसपछि अनुगमन तथा मूल्याङ्कनको काम नियमित नहुँदा गाडीमा डस्टविन राख्नुपर्ने नियम असफल भएको हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ वीच डस्टविन राख्ने विषयमा सहमति भएर नियम बनाएको भएपनि अहिलेसम्म सरकार र महासंघ दुवैले यसको पालनाका लागि चासो दिएको छैन ।

उक्त व्यवस्थाको उल्लंघन भएमा फोहोर गर्ने व्यक्ति, संस्था तथा सार्वजनिक यातायातका सञ्चालकहरुलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम जरिवाना एवं आवश्यक कारवाही गरी त्यसको नाम नामेसी समेत सार्वजनिक गर्ने भनिएको थियो । नियम नै लागु नभएपछि न कोही कार्वाहीमा परे, न नामनामेसी नै सार्वजनिक भयो ।

बरु लागु नै नहुने नियम कसको इच्छामा बनाइन्छ र लागु गर्ने प्रयत्न सम्म पनि गरिदैन खै कुन्नि ?


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार