सरसफाइकर्मीले लगाए अमरगढी नगरपालिकामा ताला

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका बजार क्षेत्र सरसफाइ गर्दै आएको सरसफाइकर्मीले फोहोरको ट्रयाक्टर कार्यालय अगाडि पार्किङ गरी मुख्य गेट लगायत कार्यालयमा ताला लगाएका छन् ।

नगपालिकाका नगरप्रमुख र उपप्रमुख जिल्ला बाहिर रहेका बेला डडेल्धुरा सदरमुकाम, बागबजार, तुफानडाँडा, खलंगा, कीर्तिपुर, पोखरा बजार क्षेत्र सरसफाइ गर्दै आएका सरसफाइकर्मीले ताला लगाएका हुन् ।

महिनौसम्म तलब नपाएको झोंकमा उनीहरुले नगरपालिका कार्यालयमा ताला लगाएका हुन् ।

नगर सरसफाइको काम गर्दै आएका झण्डै ३० जना कामदारले लामो समयदेखि तलब पाएका छैनन् । तलबको माग गर्दै पटक पटक आग्रह गर्दा समेत नगरपालिकाले वेवास्ता गरेपछि ताला लगाउन बाध्य भएको सफाइकर्मी हिमाल जैरुले बताउनुभयो ।

तालाबन्दी हुँदा दिनहुँ सिफरिस, दर्ता, नवीकरण लगायतका काम प्रभावित भएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार