सरसफाइको लक्ष्य पूरा भएन, अझै २ लाख ८२ हजार चर्पी बनाउन बाँकी

 1167 पटक हेरिएको

दिक्पाल गिरी, काठमाडौं

आज मध्यरातबाट सन् २०१७ पूरा भई सन् २०१८ शुरु हुँदैछ । सरकारले सरसफाइमा गरेको वाचा पूरा गरेको भए नेपाल यत्तिबेला खुलादिसामुक्त देश भइसक्ने थियो । तर अझै ५ प्रतिशत नागरिकको घरमा चर्पी बन्नै बाँकी छ ।

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयका अनुसार देशभर २ लाख ८२ हजार ८०५ घरमा चर्पी बनाउन बाँकी छ ।

कुन प्रदेशमा कति चर्पी बन्न बाँकी

प्रदेश  जम्मा घरपरिवार  चर्पी भएको घर   चर्पी बनाउन बाँकी प्रतिशत
प्रदेश नं. १ ९७८५२७  ९१५९८१  ६२५४६  ९३.६१
प्रदेश नं. २ ९३१७५४ ७६५००६ १६६७४८  ८२.१
प्रदेश नं. ३ १२६३५१५ १२२७४२४  ३६०९१ ९७.१४
प्रदेश नंं. ४  ५५०१४९ ५५०१४९  १००
प्रदेश नं. ५ ८८३००१  ८६६७३१ १६२७०  ९८.१६
प्रदेश नं. ६ २८५८२७ २८५८२७ १००
प्रदेश नं. ७ ४८१०२७  ४७९८७७  ११५० ९९.७४

स्रोत : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समितिको सचिवालय

  
    


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार