भक्तपुर नगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई बेग्लाबेग्लै दिनमा उठाउन थाल्यो

🔗
5
Shares

भक्तपुर : भक्तपुर नगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई फरक फरक दिनमा संकलन गर्न थालेको छ । नगरपालिकाले आइतबार, मंगलबार र विहीबार नकुहिने फोहोर मात्र संकलन संकलन गर्न थालेको हो ।

यस्तै सोमबार, बुधबार, शुक्रबार र शनिबार कुहिने फोहोर संकलन गर्न थालेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

नगरपालिकाले कुहिने र नकुहिने फोहोरमैला संकलन गर्नुअघि च्याम्हासिंहदेखि टौमढी – भार्वचो हुँदै खौमासम्मका बजार लाइनका पसलहरुमा नहुने फोहोर राख्न १ थान बोरा र कुहिने फोहोर राख्न १ थान बाल्टिन वितरण गरेको थियो ।

फोहोर व्यवस्थापनलाई सहज बनाउन नगरपालिकाले यही पुस १५ गतेदेखि यस्तो व्यवस्था गरेको हो । 

‘दिउँसो १२ बजेदेखि ३ बजेसम्म साइरन बजाउनै गाडी पुग्ने गरेको छ, कुहिने फोहोर संकलन गर्ने दिन नकुहिने फोहोर उठाउने काम हुँदैन, यस्तै नकुहिने फोहोर संकलन गर्ने दिन नकुहिने फोहोर मात्र उठाइन्छ’ नगरप्रमुख प्रजापतिले भन्नुभयो ‘ नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यले बजार रुटमा फोहोर छुट्याई संकलन गर्न हामी लागि परेका छौं ।’


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार