काठमाडौ : खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले जनकपुर उपमहानगरपालिका भित्र रहेका पोखरी तथा तालतलैया संरक्षण, ढल व्यवस्थापन र सरसफाइका लागि २ अर्ब बजेट विनियोजन गर्नुभएको छ ।

मन्त्री यादवले खानेपानी तथा सरसफाइ मन्त्रालय, खानेपानी तथा ढल निकास विभाग, सह लगानी खानेपानी तथा सरसफाइ आयोजना र नगर विकास कोषबाट वितरण गर्ने गरी २ अर्ब रुपैयाँ बजेट विनियोजन गर्नुभएको हो ।

प्राप्त बजेट बाट जनकपुर उपमहानगरपालिका भित्रका पोखरी तथा तालतलैयाको सरसफाइ तथा संरक्षण गरी परापूर्वकालमा भएकै अवस्थामा पु-याउने, जनकपुरको परिक्रमा सडक भित्र २ सय सुलभ शौचालय बनाउने र ढल व्यवस्थापन गरिने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरीका प्रमुख देबेन्द्र झाले जानकारी दिनुभयो ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले मन्त्री यादवलाई आज विदाई गरेको छ ।


801 पटक हेरिएको 

