कालिकोटको पलाँतामा एक घर एक धारा

मनिराज पाण्डे, कालिकोट : खानेपानीको चरम अभाव खेपिररहेको कालिकोटको पला“तामा अब एक घर एक धारा निर्माण हुने भएको छ । पहिलो चरणमा पलाँता गाउँपालिकाले वडा नं. ९ मा एक घर एक धारा निर्माण गर्ने तयारी थालेको पलाँता गाउँपालिकाका प्रशासकीय अधिकृत लेखबहादुर क्षेत्रीले बताउनुभयो ।

उहाँका अनुसार सन् २०१८ भित्र वडा नं.९ का सबै घरधुरीमा स्वच्छ खानेपानी, शौचालय, करेसावारी, भाडा सुकाउने चाँङ्ग, महिनावारी व्यवस्थापन लगायतका कामहरु हुनेछन् । सरकारको दिगो विकास लक्ष्य बुदा नं. ६ लाई सघाउ पुग्ने हेतुले एक घर एक धारा र सरसफाइ ब्यवस्थापनको कामलाई अघि बढाइएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो । गाउँपालिकाले विकास कामलाई तीब्रता दिन केही नीतिगत निर्णय समेत गरेको छ ।

 

कार्य प्रणाली दोहोरो नपर्ने गरी गाउँपालिकामा काम गरिरहेका संघ सस्थाको जिम्मेवारी समेत तोकेको अध्यक्ष बमले बताउनुभयो । पलाँताको वडा नं. १, २ र ३ मा भिडीसेफ, वडा नं.४, ५ र ६ मा सरकारको बृहत खानेपानी आयोजना, वडा नं ७ मा हुरेन्डेक तथा वडा नं ८ र ९ मा किर्डाक नेपाल कालिकोटले खानेपानी तथा सरसफाइ प्रवद्र्धनका कामहरु गरिरहेका छन् ।

वडा नं. ९ मा वाटर एडको आर्थिक सहयोगमा किर्डाक नेपाल कालिकोटसँगकाो समन्वयमा गाउँपालिकाले एक घर एक धारा निर्माणको अघि बढाएको वडा नं. ९ का अध्यक्ष टक्कबहादुर बमले बताउनुभयो ।

किर्डाक नेपाल कालिकोटले वडा नं. ९ मा तीन वटा खानेपानी आयोजना र एक नमुना शौचालय निर्माण गर्ने दिगो खानेपानी सरसफाइ तथा स्वच्छता परियोजना अधिकृत धनबहादुर केसीले बताउनुभयो । वडा नं. ९ को लखनवाडा टोलका प्रत्येक घरधुरीमा चैत्रभित्रै शुद्ध खानेपानी पुगिसक्ने परियोजना अधिकृत केसीले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार