दाङ : दाङको शान्तिनगर गाउँपालिका ५ धनौरीमा साढे २ करोडको लागतमा निर्माण भइरहेको खानेपानी आयोजना सम्पन्न भएको छ । शुरु भएको दुई बर्षमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो ।
एक लाख लिटर क्षमताको ओभरहेट ट्याङ्की, पाइप लाईन लगायत अरु पुर्वाधार तयार भएको र ५ सय घरमा मिटर सहित निजी धारा जडान गर्ने तयारी भइरहेको धनौरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गिरीराज बस्नेतले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सिइएचपी कार्यक्रमले १ करोड १८ लाख, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको ५४ लाख, जिल्ला समन्वय समितिबाट २ लाख ४० हजार, साबिकको धनौरी गाविसको १ लाख ५० हजार र उपभोक्ताको २ लाख ४९ हजार तथा ७३ लाख ९१ हजार बराबरको श्रमदानबाट आयोजना सम्पन्न भएको सचिव टेकबहादुर पाण्डेले जानकारी दिनुभयो ।
धनौरी खानेपानी आयोजनाको हालै खानेपानी तथा ढल निकास विभागका योजना तथा बैदेशिक सहयोग समन्वय शाखा प्रमुख अरुणकुमार सिम्खडा र नेपाल रेडक्रस सोसाइटीका कार्यबाहक अध्यक्ष अजीत शर्माले उदघाटन गर्नुभयो ।


835 पटक हेरिएको 

