खानेपानी योजनाबाट १५० घरपरिवार लाभान्वित

मुगु : मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. १३ मा निर्माणाधीन भेडीपाटा खानेपानी योजना सम्पन्न भएको छ । हिमाली ग्रामीण युवा समाज विकास केन्द्र (हिरिसडेक) को सहजीकरण तथा छायाँनाथ रारा नगरपालिका वडा १३ को समन्वयमा खानेपानी योजना सम्पन्न भएको हो । खानेपानी योजनाबाट १५० घरपरिवार लाभान्वित भएका छन् ।

 

एक गाग्री पानी ल्याउनका लागि घण्टौं समय लगाएर टाढा बाट पानी ल्याउनुपर्ने बाध्यता हटेको भेडीपाटा खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोपाल रावतले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिधि एवं नगरप्रमुख हरिजंग शाहीले पूर्ण सरसफाइमा पूर्णता दिनका लागि हरेक घरघरमा धारा हुनुपर्ने आवश्यकता औल्याउदै खानेपानी उपलब्ध गराउन हिरिसडेकले खेलेको भूमिकाको प्रसंशा गर्नुभयो ।

यस्तै खानेपानी योजना हस्तान्तरण कार्यक्रमका अध्यक्ष एवं वडा अध्यक्ष चक्र वहादुर साँवतले पहिला खानेपानीका लागि अधिक बजेटको आश्यकता भएपनि सानो रकमले पनि खानेपानी योजना सम्पन्न गराउन सफल भएको बताउनुभयो । अन्य निकायसँगको श्रोत व्यवस्थापन गरी समन्वयकारी भुमिका निर्वाह गरेर नागरिकको आधारभूत आवश्यकता परिपूर्ति गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले खानेपानीको पर्याप्त उपलब्धताले मात्र दिगो सरसफाइ सुनिश्चित हुने बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार