खानेपानीका लागि जापानले ६८ करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौ : जापान सरकारले नेपालको आर्थिक र सामाजिक विकासका लागि ६८ करोड ३२ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

सहायता रकम सम्बन्धी सम्झौता पत्रमा अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा जापानी राजदूत मासासी ओगवा र अर्थ सचिव डा राजन खनालले हस्ताक्षर गर्नुभयो । जापान सरकारले यस प्रकारको आर्थिक सहयोग यस अघि पनि उपलब्ध गराउँदै आएको थियो ।

सहायता रकम प्राकृतिक विपद्बाट क्षति भएका खानेपानी, सरसफाइ तथा सिंचाई र अन्य पूर्वाधार निर्माण एवं बाढी पहिरो नियन्त्रणको काममा लगानी गरिने अर्थ सचिव डा राजन खनालले जानकारी दिनुभयो ।

प्राकृतिक विपदबाट खानेपानीको अभाव झेलिरहेको समुदायमा सुरक्षित खानेपानी पुगोस् भन्ने आफ्नो परेका नेपाली जनताको विकासमा सहायता चहाना रहेको जापानी राजदूत ओगवाले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार