म्याग्दी : म्याग्दीको मंगला गाउँपालिका–४ दुर्दीमा भित्रीवन खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भएको छ । दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना मार्फत ७० लाख तीन हजार ९९३ को लागतमा आयोजना निर्माण भएको हो । आयोजनाबाट दुर्दीका ६८ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर फगामीले जानकारी दिनुभयो ।
दुर्दीको ६८ वटै घरमा निजी धारा जडान गरेर खानेपानी सुविधा उपलब्ध गराइएको उहाँले बताउनुभयो । धारा जडान भएपछि स्थानीय बासिन्दा खुसीले गदगद भएको अध्यक्ष फगामीले बताउनुभयो ।यस अघि दुर्दीका बासिन्दाले २०५२ सालमा निर्माण भएको आयोजनाको धाराबाट पानी उपभोग गर्दै आएका थिए ।
आयोजना निर्माणका लागि उपभोक्ताले चार महिनासम्म श्रमदान गरेका थिए । ६८ घरबाट गरी १९ लाख ४८ हजार ५ सय बराबरको श्रमदान गरेका अध्यक्ष फगामीले बताउनुभयो ।


1119 पटक हेरिएको 

