विराटनगर महानगरलाई फोहोर उठाउने इलेक्ट्रोनिक ट्रिपर उपहार

मोरङ : ग्रीन मोटरले विराटनगर महानगरपालिकालाई काइनेटिक हाइड्रोलिक गार्भेज इलेक्ट्रोनिक ट्रिपर उपलब्ध गराएको छ । नगरको गल्लीमा समेत प्रवेश गर्ने भएकाले फोहोर उठाउन सहज हुने उद्देश्यले ट्रिपर उपलब्ध गराएको ग्रीन मोटरका सञ्चालक आशि जाजुले बताउनुभयो ।

जाजुले महानगरका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की र प्रमुख प्रशासकीय अधिकृत कुमार दाहाललाई संयुक्त साँचो तथा ट्रिपर हस्तान्तरण गर्नुभयो ।
‘नगरका साना गल्लीहरूमा ठूला सवारी प्रवेश गर्न नसक्दा फोहोर संकलन गर्ने काम प्रभावित हुँदै आएको देखेर ट्रिपर हस्तान्तरण गरिएको हो’ उहाँले भन्नुभयो अब फोहोर संकलन गर्न सफाइ कर्मचारीलाई पनि सहयोग पुग्नेछ ।’

५ लाख २५ हजार रुपैयाँ मूल्य पर्ने ट्रिपरले ४ सय किलो फोहोर उठाउन सकिने क्षमता रहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार