गोहीको खोरलाई स्वचालित यन्त्रले सफाइ गरिने

🔗
4
Shares

ललितपुर : चिडियाखानामा रहेको गोहीको खोर स्वचालित यन्त्रले सफा गरिने भएको छ । चिडियाखानामा रहेका जनावर मध्ये फोहोरी जनावर मानिने गोहीलाई सफा बनाउने स्वचालित यन्त्राले सफा गर्न लागेको चिडियाखानाका सहायक निरीक्षक गणेश कोइरालाले जानकारी दिनुभयो ।

यसअघि खोर नजिक जाँदा गोही हिलोमा डुबेको देखिन्थ्यो । स्वचालित यन्त्रले खोर सफा गरेसँगै अक्सिजनको मात्रा बढ्ने सहायक निरीक्षक कोइरालाले बताउनुभयो । ‘पानीको फोहोरा माथिबाट खस्दा पानीमा अक्सिजनको मात्रा समेत बढ्नेछ, खोर सफा भएपछि चिडियाखानामा आउने आगन्तुक थप आकर्षित हुनेछन् ।’ उहाँले भन्नुभयो ।

खोरमा स्वचालित यन्त्र जडान गर्ने काम यही आर्थिक वर्षदेखि शुरु भएको हो । यन्त्र जडानको काम अन्तिम चरणमा पुगेको चिडियाखानाले जनाएको छ । राणाकालमा बनेको चिडियाखानामा वर्षेनी सुधार र मर्मतका काम भइरहेका छन् चिडियाखानामा अहिले एक सय २४ प्रजातिका आठ सय ३७ जनावर छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार