गमगढीमा ढलको व्यवस्था नहुँदा विपदको जोखिम

मुगु : मुगुको सदरमुकाम गमगढी क्षेत्रमा ढलको व्यवस्था नहुँदा विपदको जोखिम बढेको छ । महाकाली नमुना माध्यमिक विद्यालय देखि जिल्ला प्रशासन कार्यालयसम्मको क्षेत्रमा ढल नहुँदा बाढी तथा पहिरोको जोखिम बढेको हो ।

सडक कालोपत्रे गर्ने क्रममा ढल भत्काएपछि यस्तो समस्या आएको हो । ढल नहुँदा बजार भन्दा माथिल्लो क्षेत्रबाट बगेर आएको भल घरभित्र पस्न थालेको व्यापारी लक्ष्मीप्रसाद देवकोटाले बताउनुभयो ।

‘सडक सुधार गर्ने क्रममा भएको ढल भत्काएपछि समस्या बढेको हो । सम्बन्धित निकायमा जति भन्दा पनि सुनुवाइ भएको छैन ।’ उहाँले भन्नुभयो । दिउँसो पानी बगेर आउँदा विभिन्न जुक्ति लगाएर पानी तर्काउने गरे पनि रातको समयमा समस्या हुने गरेको उहाँले बताउनुभयो ।

राती पानी पर्दा निद्रा समेत नलाग्ने बजारका बासिन्दा बताउँछन् । ‘ढलको समस्याले घर खतरामा परेको छ । घरभित्र पानी पस्न थालेपछि कति बेला भत्किने हो भन्ने डरले सताउन थालेको छ ।’ गमगढीका केशवराज चौलागाईले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार