मोरङ : विराटनगर महानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्ने व्यक्तिलाई जरिवाना गर्ने भएको छ । विराटनगरको महेन्द्र चोकमा डस्टबिन राख्ने कामको शुभारम्भ गर्दै महानगर प्रमुख भीम पराजुलीले सडकमा फोहोर फाल्नेलाई कडा कार्वाही गर्ने बताउनुभयो ।
फोहोरमैला व्यवस्थापन तथा वातावरण सुधार योजना अन्तर्गत महानरपालिकाले शहरको विभिन्न स्थानमा डस्टविन राखेकोा छ ।
एक नम्बर प्रदेशको अस्थायी राजधानी विराटनगर सफा र सुन्दर बनाउने सबैको जिम्मेवारी भएकाले सबै मिलेर अभियानलाई सफल बनाउनुपर्ने उहाँले बताउनुभयो ।
महानगर कार्यालयले सडकमा फोहोर फाल्ने माथि जरिवाना लिने भएकाले डस्टविनमा मात्र फोहोर फाल्न उहाँले आग्रह गर्नुभयो ।
घरबाट निस्केको फोहोर समेत सडकमा फाल्ने गरिएको भन्दै उहाँले महानगरवासीलाई कसैको घर र पसल अगाडि फोहोर फाल्नेको बारेमा सूचना दिनेलाई महानगरले पुरस्कृत गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।