अन्दुवा खोलाको कथा : दिसाको लेदो बग्ने खोलामा सल्बलाउँछन् माछा

विर्तामोडहुँदै बग्ने अन्दुवा खोलामा अहिले दिसाको लेदो बग्दैन । दुई महिना अघिसम्म यहाँ पानी र फोहोर सँगै पहेंलै दिसाको लेदो समेत बग्थ्यो । खोला छेउछाउमा बनाइएका असुरक्षित चर्पीको दिसा सिधै खोलामा बगाइन्थ्यो (३ र ४) । खोलाको दुबैपट्टी अतिक्रमण गरिएको जग्गा हटाउन, फोहर सफा गर्न र नदीमा दिसा मिसाउनेगरी बनाइएका संरचना हटाउन नगरपालिकाले डोजर लगायो ।

डोजरले दाया बाया अतिक्रमण गरिएका जमिनमात्र खाली गरेन, सँगसँगै खोलामा दिसा मिसाउने काममा बन्देज लाग्यो । खोलामा दिसा मिसाउन नपाउनेगरी उठेको आवाजको राप र ताप यति बढी भयो कि खोला सफा नभएसम्म खुल्ला दिसामुक्त घोषणा गर्ने कार्य समेत पटक पटक रोकियो । सञ्चार क्षेत्रले यस अभियानलाई आफ्नै अभियानको रुपमा उठान गरिरह्यो । वासखवर डट कमले समेत प्राथमिकताका साथ फोटो फिचर प्रकाशन ग-यो ।

चर्पी बने पनि खोलामा दिसा मिसाउन बन्द नगरेसम्म खुल्ला दिसामुक्त गर्न नपाइने अडानका कारण खोलामा दिसा मिसाउन बन्द भयो । अहिले खोलामा दिसा बग्दैन ।

सफा खोलामा माछा सल्बलाउँछन् । माझीहरु माछा मार्दै गरेको भेटिन्छन् । सधैंभरि त्रासको पर्यायको रुपमा रहेको अन्दुवा खोला अहिले विपन्नको छाक टार्ने माध्यम र खोलाका माछा बेचेर दुई चार पैसा कमाउने माध्यम समेत बनेको छ । यसैगरी सँगसँगै जोडिइरहेहको छ, जीविका र समृद्धिसँग सरसफाइ अभियान ।

शब्द/तस्वीर : विनोद धौलागिरि

 

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार