चाँगुनारायण नपाले तयार पा-यो पूर्ण सरसफाइ रणनीतिक योजना, २०७८ पुस भित्र पूर्ण सरसफाइयुक्त घोषणा गर्ने

भक्तपुर : चाँगुनारायण नगरपालिकाले पूर्ण सरसफाइ रणनीतिक योजना २०७५ सार्वजनिक गरेको छ । नगरस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति चाँगुनारायण नगरपालिकाले रणनीतिक योजना सार्वजनिक गरेको हो । पूर्वमन्त्री महेश बस्नेतले योजनाको पुस्तक सार्वजनिक गर्नुभयो ।

पूर्ण सरसफाइ रणनीतिक योजना सार्वजनिक कार्यक्रममा उहाँले भक्तपुरमा इँटाभट्टाले वातावरण प्रदूषण गरिरहेको बताउनुुभयो । जिल्लामा स्मार्ट सिटी र अन्तर्रा्ष्ट्रिय रङ्गशाला बनाउन खोज्दा विकास विरोधी तत्वले अवरोध गर्न खोजेको उहाँको आरोप थियो । “ क्तपुरको विकास अब कसैले रोक्न सक्दैन र यहाँ रङ्गशाला पनि बन्छ ।” उहाँले भन्नुभयो ।

भक्तपुरको एक लाख रोपनीमा स्मार्ट सिटी बनाउने, जग्गा एकीकरण गरी सार्वजनिक जग्गालाई एकै ठाउँमा ल्याएर एक हजार रोपनीमा रङ्गशाला बनाउने बताउँदै सांसद बस्नेतले १६ करोड रुपैयाँको लागतमा डिपिआर बनाएर काम शुरु भएको बताउनुभयो ।


चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले ०७८ पुस महिनाभित्र चाँगुनारायणलाई पूर्ण सरसफाइयुक्त नगरपालिका घोषणा गर्ने बताउनुुभयो । प्रदेश नं ३ मै पहिलोपटक यस नगरपालिकाले पूर्ण सरसफाइ रणनीतिक योजना सार्वजनिक गरेको उहाँको दाबी थियो ।

फोटो : पार्वती दंगालको फेसबुुकबाट ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार