छतबाट फोहोर फाल्न खोज्दा सडकमा खसेर मृत्यु

नुवाकोट : घरको छतबाट फोहोर फाल्न खोज्दा सडकमा खसेर एक महिलाको मृत्यु भएको छ । छतबाट फोहोर फाल्ने क्रममा विदुर नगरपालिका – १ ढुङ्गेकी ३० वर्षीया सिर्जना ढुङ्गानाको ज्यान मृत्यु भएको हो ।

फोहोर संकलन गर्ने गाडी आएपछि उहाँ फोहोर फाल्न घरको छतमा चढ्नुभएको थियो । छतको कुर्सीमा चढेर फोहोर फाल्न खोज्दा चिप्लिएर सडकमा खसेको र त्रिशूली अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार