तुलसीपुर : सभामुख कृष्णबहादुर महराले खानेपानी संस्थाले जनतालाई स्वच्छ र गुणस्तरीय खानेपानी वितरण गर्नुपर्ने बताउनुभएको छ ।
अमृतपुर खानेपानी तथा उपभोक्ता तथा सरसफाइ संस्थाको १२ औँ वार्षिक साधारणसभा तथा रजतजयन्ती कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै सभामुख महराले खानेपानी, शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यकता जनताले पाउनुपर्ने बताउनुभयो ।
“सरकारले ‘एक घर, एक धारा’को नीतिलाई अगाडि सारेको छ, सोही नीति अनुरुप घर घरमा खानेपानी पु¥याउने तर्फ खानेपानी संस्था लाग्नुपर्छ”, सभामुख महराले भन्नुभयो । उहाँले अमृतपुर खानेपानीले अगाडि सारेको सहलगानी कोष स्वीकृत भएको समेत जानकारी गराउनुभयो ।
उहाँले पछिल्लो समयमा विभिन्न कारणले खानेपानीको मुहान सुक्दै गएको भन्दै पानीका मुहान संरक्षणमा ठोस कदम चाल्नुपर्ने बताउनुभयो । सभामुख महाराले भन्नुभयो “अहिले विभिन्न कारणले दाङमा खानेपानीका मुहान सुक्दै गएका छन् खानेपानीको स्थायी विकल्पका लागि सबै एक भएर योजना बनाउनुहोस् ।”


930 पटक हेरिएको 

