धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका १, सिमटारमा तरबार प्रहारबाट एक जना घाईते भएका छन् ।
खानेपानीको बिषयमा विवाद हुँदा स्थानीय सुमबहादुर तामाङले तरबार प्रहार गर्दा सोही ठाउँका अभिषेक तामाङ गम्भीर घाईते भएका छन् । उनको बीर अस्पताल काठमाडौँमा उपचार भइरहेको छ ।
पेट र हातमा चोट लागेको तामाङको अवस्था गम्भीर रहेको पारिवारिक स्रोतले जनाएको छ । तरबार प्रहार गर्ने सुमबहादुरलाई गजुरी प्रहरीले पक्राउ गरेको छ । सुमबहादुर यस अघि पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई सजाय भोग्दै आएका व्यक्ति हुन् ।


2660 पटक हेरिएको 

