बसाई सराई रोक्न डिप बोरिङ

तेह्रथुम : छथर गाउँपालिकाले खानेपानीको समस्या समाधान गरी बसाइँसराइ दर रोक्न डिप बोरिङ गरेर खानेपानी वितरण गरेको छ ।

गाउँपालिकाका अधिकांश वडामा पानीका मुहान सुकेर पिउने पानीको हाहाकार भएपछि डिप बोरिङमार्फत पानी निकालेर वितरण गरिएको जमीनमुनिको पानीको स्रोतलाई उपयोग गरिएकोे गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो ।

भूमिगत स्रोतलाई खानेपानीमा प्रयोग गर्न जिल्लामै पहिलो पटक छथर गाउँपालिका–५ बिखे बस्तीबाट डिप बोरिङमार्पmत पानी निकालिएको हो ।

डिप बोरिङ गरेको पानी गाउँपालिकाका चार वडाका गाउँ बजार र विद्यालयमा पु¥याइएको छ । एक हजार ७०० मिटर उचाइको डाँडामा १३२ मिटर तलबाट डिप बोरिङ गरी पानी निकालिएको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार