काठमाडौ : महानगरीय प्रहरी प्रभाग गोकर्णेश्वरले १३औं महानगरीय प्रहरी दिवसको अवसरमा सरसफाइ गरेको छ । प्रभागले गोकर्णेश्वर महादेव मन्दिर लगायत सरसफाइ गरी दिवस मनाएको हो ।

महानगरीय प्रहरी वृत बौद्वका प्रहरी निरीक्षक माधव चौधरीको नेतृत्वमा वृत र प्रभागका गरी ४० जना प्रहरी टोलीले गोकर्णेश्वर मन्दिर परिसर सरसफाइ गरेको प्रभागका इन्चार्ज प्रहरी नायब निरीक्षक रामेश्वर खड्काले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय बासिन्दा र जनप्रतिनिधिको उपस्थिति थियो ।


1602 पटक हेरिएको 

