खानेपानी संस्थानका महाप्रबन्धकलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौ : करोडौं रुपैयाँ अनियमितताको अभियोग खेपिरहेका खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलाई जिम्मेवारीबाट हटाइएको छ । मन्त्रालयसँग कार्यसम्पादन करार गर्न अटेरी गरेको, आर्थिक अनियमिततामा मुछिएको, कर्मचारी आन्दोलनको व्यवस्थापन नगरेको भन्दै उहाँलाई खानेपानीमन्त्री बीना मगरले जिम्मेवारीबाट हटाउनुभएको हो ।

महाप्रबन्धक प्रसादमाथि बुटवल र नेपालगन्ज खानेपानीको पाइप खरिदमा २५ करोड रुपैयाँ घोटला गरेको आरोप लागेको छ ।
प्रसादलाई खानेपानी संस्थानका विभिन्न २४ वटा शाखालाई एकलौटी ढंगले ८५ करोड रुपैयाँ विनियोजन गरेको आरोप समेत लागेको छ ।

महाप्रबन्धक प्रसादलाई हटाएपछि तत्कालका लागि मन्त्रालयका उपसचिव लिलानाथ ढकाललाई महाप्रबन्धकको जिम्मेवारी दिइने भएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार