फण्डबोर्डका कार्यकारी निर्देशकद्वारा राजीनामा

 1907 पटक हेरिएको

काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फण्ड बोर्ड) का कार्यकारी निर्देशक भूपेन्द्र अर्यालले राजीनामा दिएको घोषणा गर्नुभएको छ । उहाँले आफ्नो कार्यकाल सकिन ३ दिन बाँकी रहँदै राजीनामा घोषणा गर्नुभएको हो ।


२०६० साल देखि २०६५ सालसम्म कार्यक्रम विकास अधिकृत तथा २०६६ साल देखि २०७० साल सम्म अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुखको जिम्मेवारी बहन गर्दै उहाँ २०७१ साल पौष ८ गते देखि कार्यकारी निर्देशक पदमा कार्यरत हुनुहुन्थ्यो ।


कार्यकारी निर्देशक पदमा रही जिम्मेवारी निर्वाह गर्ने क्रममा मैले अनवरत रुपमा यस समितिको समग्र हित चिताउँदै यस समिति अन्तर्गत हाल सञ्चालनमा रहेको ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजनामा रचनात्मक सुधार ल्याई विभिन्न आरोह अवरोह र प्रतिकुल परिस्थितिका बावजुद पनि प्रोजेक्टको प्रगतिलाई सन्तोषजनक अवस्थामा पु¥याएको उल्लेख गर्नुभएको छ ।


गत जून २०१८ मा दातृनिकाय विश्व बैंकको Project Implementation Support Mission Team ले पठाएको Aide-Memoire Report Projects Rating गर्दा Satisfactory Rating गरेको प्रतिवेदनबाट स्पष्ट हुन आएकोले आफूले गरेको काम र आफ्नो कार्यकाल पूर्ण सफल भएको उहाँले उल्लेख गर्नुभएको छ ।


कार्यकारी निर्देशकको रुपमा कार्यरत हरँदा देशका ५५ जिल्लामा सञ्चालन गरिएका खानेपानी तथा सरसफाई आयोजनाका उपभोक्ता, यस समिति, समितिसँगथ आवद्ध सहयोगी संसथा र सो संस्थामा आयोजना सञ्चालनका लागि कार्यरत कर्मचारीहरु र यस समितिको कार्यालयमा कार्यरत कर्मचारीहरु एवं हाल संचालनमा रहेको ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजनाको समग्र हितलाई ध्यानमा राखेर काम गरेको उहाँको दाबी छ ।

पछिल्लो समय ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) लाई कायमै राख्नुपर्छ भन्ने विषयमा फण्ड बोर्डका प्रगति र सवल पक्षका बिषयमा वकालत गर्दै आउनु भएको थियो । यद्यपि उहाँले फण्डबोर्ड खारेज हुनै नसक्ने र आफूले नागरिकको हैसियतबाट पनि फण्ड कायम राख्न आवश्यक पहल गर्ने बताउनु भयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार