रसुवागढीमा सार्वजनिक शौचालय निर्माण

 1982 पटक हेरिएको

रसुवा : रसुवागढी नाकामा सार्वजनिक शौचालय निर्माण गरिएको छ । यो नाकामा नेपाली, चिनियाँ तथा तेस्रो मुलुकका पर्यटक गरी वार्षिक रूपमा ५० हजारसम्मको आवतजावत हुँदै गरेको छ ।


नाकामा सार्वजनिक शौचालय नहुँदा यात्रु तथा पर्यटकलाई समस्या हुँदै आएको थियो । नाकामा हुने चापलाई मध्यनजर गर्दै घट्टेखोलामा सार्वजनिक शौचालय निर्माण गरिएको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेका वडाध्यक्ष दावा दिण्डुप तामाङले बताउनुभयो ।


नाकामा पछिल्लो समय व्यापारिक कारोबार बढ्दै गएको छ । चीनतर्फ सुविधा सम्पन्न भौतिक संरचना निर्माण गरिएको भएपनि नेपालतर्फ भने व्यावसायिक कारोबार सुरु भएको तीन वर्षपछि सार्वजनिक शौचालय निर्माण गरिएको छ ।


शौचालय सञ्चालनमा आएपछि सहज भएको वडा कार्यालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार