पाँचखालमा खानेपानी जागरण अभियान

 1035 पटक हेरिएको

काभ्रेपलाञ्चोक : पाँचखाल नगरपालिकामा खानेपानी व्यवस्थापन गर्न स्थानीय युवाद्वारा जागरण अभियान थालिएको छ । पाँचखाल नगरपालिकाको सबै वडामा खानेपानी पु-याउने उद्देश्यले सञ्चालित सुनकोशी पाँचखाल वृहत् खानेपानी परियोजना सफल बनाउन स्थानीय युवाले जागरण अभियान थालेका हुन् ।

जागरण अभियान अन्तर्गत विभिन्न सङ्घसंस्था, विद्यालय तथा सरोकारवालाको सहभागितामा प्रत्येक वडामा परियोजना सम्बन्धी जानकारीमूलक ब्यानर र प्लेकार्ड सहितको -याली गर्दै आइएको छ ।

“वडाका कतिपय स्थानमा भेला गरेर तथा घरघरमा गएर खानेपानी जागरण अभियान गरिरहेका छौँ’ पाँचखाल नपा–४ तामाघाटका युवा कञ्चन अधिकारीले भन्नुभयो । उहाँका अनुसार परियोजनाका लागि उपभोक्ताले पनि रकम जम्मा गर्नुपर्ने भएकाले जानकारीका लागि पनि अभियान चलाइएको हो ।

दुई अर्ब २१ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकार, एशियाली विकास बैंक र उपभोक्ताको लागतमा परियोजना सम्पन्न गरिनेछ ।

परियोजनामा लाग्ने रदुई अर्ब २१ करोड मध्ये पाँच प्रतिशत रकम उपभोक्ता समितिले ब्यहोर्नुपर्नेछ । यसमध्ये यहाँका छ हजार घरपरिवारले १८ हजारका दरले रकम परियोजनाको बैंक खातामा जम्मा गर्नुपर्नेछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार