विदेश भ्रमणको स्वीकृति नदिंदा सह सचिवले मन्त्रीको बदनाम गरे : मन्त्रीको सचिवालय

 3219 पटक हेरिएको

काठमाडौ : विदेश भ्रमणका लागि स्वीकृति नदिंदा सहसचिव राजनराज पाण्डेले खानेपानीमन्त्री र सचिवको बदनाम गरेको खानेपानीमन्त्री बिना मगरको निजी सचिवालयले जनाएको छ ।

सचिवालयले पे्रस विज्ञप्ती जारी गर्दै अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीद्वारा सन् २०१९ को मार्च १८ तारिखदेखि जापानमा आयोजित कार्यक्रममा भाग लिन मन्त्रालय समक्ष फाइल पेश गरेको र फाइल स्वीकृत नगर्दा मन्त्री र सचिवलाई बदनाम गर्न लागि परेको जनाएको छ ।


सहसचिव पाण्डेले केही समय अघि भरेको अर्धबार्षिक कार्य सम्पादन मूल्याङ्कन फाराममा घुस नखाने कर्मचारीलाई कुनै पनि कामको जिम्मेवारी नदिएको हुँदा कुनै पनि काम गर्न नपाएको जनाएका थिए ।


खानेपानी मन्त्रीको सचिवालयले सहसचिव पाण्डेलाई जिम्मेवारी नदिएको भन्ने भनाई समेत भ्रामक रहेको जनाएको छ । सहसचिव पाण्डेलाई प्रदेश नं. ७ को भौतिक पूर्वाधार मन्त्रालयको सचिव पदमा कामकाज गर्न सरुवा गरी पठाएको र प्रदेश नंं. ७ को उक्त मन्त्रालयमा निजले संघीयता विरोधी कुरा गरी अन्य कर्मचारीहरुलाई समेत प्रदेश कार्यालयमा बस्न हुँदैन भनी भड्काउने गरेकनले प्रदेश नं. ७ को सरकारले सामान्य प्रशासन मन्त्रालय मार्फत गत भदौ महिनामा खानेपानी मन्त्रालयमा फिर्ता पठाएको जनाएको छ ।


सहसचिव पाण्डेको दरबन्दी मन्त्रालयमा नभएकाले मन्त्रालयमा निजको जिम्मेवारी तोक्न सकिने अवस्था नरहेको र मन्त्रालय अन्तर्गतका अन्य निकायहरुमा शाखा तोक्न छलफल गर्दा पाण्डेले नमानेको जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार